|

जनकपुरधाम : धनुषाबाट एक थान नलकटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। धनुषाधाम नगपालिका–३ स्थित तेजनगरबाट जलकटुवा पेस्तोलसहित सिरहा मिर्चैया नगरपालिका ९ का १७ वर्षीय अमरेश यादव पक्राउ परेका हुन् ।

धनुषाधाम–तेजनगर सडक खण्डमा हातहतियार ल्याउदै गरेको गोप्य सूचनाको आधारमा ‘क्राइम ब्रांच’को विशेष टोलीले उनलाई हतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।     

पक्राउ परेका यादवलाई धनुषा जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना ऐन अन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। साथै उनको साथबाट मोबाइल तथा सिमकाडसमेत बरामद गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.