|

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बंगलादेश बैंकको सहकार्यमा  प्रहरी परिसर काठमाडौंले अाठजना प्रहरीलाई पुरस्कृत गरेको छ। बैशाख महिनामा उत्कृष्ट ठहरिएका जवानदेखि प्रहरी नायव उपरीक्षक (डिएसपी)सम्मलाई शुक्रबार पुरस्कार दिइएको हो।

डिएसपी र इन्सपेक्टरमा भने दुई/दुई जनाले पुरस्कार पाएका थिए। पुरस्कृत हुने डिएसपीमा महानगरीय प्रहरी वृत्त गौशलाका अनुपम श्रेष्ठ र कालिमाटीका प्रदीपकुमार क्षेत्री रहेका छन्। उनीहरूले समान २५/२५ हजार रुपैयाँ पाएका छन्। 

त्यसै इन्सपेक्टरको पुरस्कार बलम्बु प्रहरी प्रभागका इन्सपेक्टर शर्मिला गुरुङ र नगर प्रहरीमा कार्यरत पुस्कर बोगटीले पाएका छन्। उनीहरूले समान १७ हजार ५ सय रुपैयाँ पाएका हुन्।

महाराजगंज वृत्तका सई टेकबहादुर कुँवर, बालाजु वृत्तका असई शिव कट्टेल, बलम्बु प्रभागका हवल्दार विक्रम लामा र परिसरका जवान अर्जुन सेठीलाई उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको हो। सईलाई २५ हजार, असइलाई २० हजार, हवल्दारलाई १५ हजार तथा जवानलाई १० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.