|

काठमाडौ‌ः स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ। मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो।

यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स बितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त्य गर्न सहज हुने मालिका इन्कर्पोरेटले जनाएकोे छ। पूर्व गृहमन्त्री  जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए।

स्वास्थ्य, यातायात, शिक्षा, बैंकिगं क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आम नागरिकको दैनिकी सहज हुने विश्वास पनि उनले व्यक्त गरे। आफू प्रविधिमा धेरै अभ्यस्त नभएको बताएका नेता शर्माले सुरक्षाका साथै भष्टाचार नियन्त्रणमा प्रविधिको उत्तिकै महत्वपुर्ण भूमिका रहने बताए। उनले प्रविधिको सही प्रयोग हुनुपर्नेमा जोड दिए।

मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरू, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा प्रविधिको प्रयोग  बढाउने लक्ष्य लिएको जनाएको छ। भारतमा आधार कार्ड, लाइसेन्स, एयरफेर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवा दिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराउँदै यस्तो योजना बनाएको हो। यसका उत्पादन नेपाल सरकारका विभिन्न विभाग, तथा निकायहरूका साथै बैंक वित्तीय संस्था, अस्पताल, शैक्षिक प्रतिष्ठानबाट प्रवाह हुने सेवामा धेरै उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ।

स्मार्ट लाइनेन्स

मालिका इन्कर्पोरेटले माइक्रोप्रोसेसर चीप जडित स्मार्ट कार्ड र कार्ड प्रिन्टर उपलब्ध गराउँने जानइएको छ। अमेरिकामा उत्पादित र भारतमा अधिक प्रयोगमा रहेको आधुनिक प्रविधियुक्त उपकरणको प्रयोगबाट अहिले स्मार्ट लाइसेन्स बितरणमा भईरहेको ढिलासुस्ती तत्काल हटाउन सक्ने मालिका इन्कर्पोरेटका अध्यक्ष जैशीले बताए।

 यसका लागि सरकारले सकरात्मक सोच लिएको खण्डमा आफूहरू तत्काल सेवा दिन तयार रहेको उनले बताए। अहिले स्मार्ट लाइसेन्स छपाई पुरानो प्रविधिमा भैरहेकाले प्रिन्टिगं प्रकृया ढिलो भएको बताएका जैशीले आफूहरूले भित्र्याएको प्रविधिले हजारौं गुणा बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सक्ने दाबी गरे।

उनका अनुसार मालिकाले भित्र्याएको प्रविधिबाट तयार गरिने लाइसेन्स गुणस्तरीय र टिकाउ हुने छ। यसमा रहेको विशेष प्रविधिको सहयोगमा ट्राफिक प्रहरीले लाइसेन्स रिडर प्रविधिमार्फत ठाउँको ठाउँ जरिवाना काट्न सक्नेछ। 

एटीएम

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने एटीएम पनि इएमभि मापदण्डको पछिल्लो संस्करण अनुसार प्रिन्ट गर्ने प्रणाली बैंक तथा वित्तीय संस्थाहरूका लागि मालिकाले उपलब्ध गराउनेछ। जसको सहयोगमा बैंकहरूले एटीएम बितरण गर्न साता बढीसम्म समय लगाउँदै आएकोमा छिनभरमा एटीएम सेवाग्राहीलाई दिन सक्ने छन्। इन्स्ट्याण्ट कार्ड ब्राञ्च इसुएन्सको सहयोगमा डाटालाई केही बेरमा कार्डमा स्टोर गरी द्रुत सेवा दिन सक्ने मालिका इन्कर्पोरेटले जनाएको छ।

स्वास्थ्य कार्ड

स्मार्ट हस्पिटल प्रोजेक्ट अन्तरगत अस्पतालमा कागजको प्रयोगलाई निरुत्साहित गर्ने प्रविधि ल्याएको मालिकाले बिरामीका साथै अस्पताल प्रशासनलाई चुस्त सेवामा अभ्यस्त बताउन सक्ने छ।

यो प्रविधि इन्टरनेशनल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त भएकाले नेपालको अस्पतालमा यसको प्रयोग सहज हुने बताइएको छ। त्यसै गरी विद्यालय तथा कलेजहरूमा विद्यार्थी, कर्मचारी लगायतलाई आधुनिक प्रविधियुक्त कार्ड आफ्नै परिसरमा तयार गराउन सक्ने सेवा दिइने इन्कर्पोरेटले बताएको छ। यसबाट विद्यर्थी, अभिभावक, शिक्षक तथा कर्मचारी लाभान्वित हुने छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.