|
सा‌ंकेतिक फोटो

अछाम : अछामको साफेबगर विमानस्थलमा परीक्षण उडान गरिएको छ। समिट एयरलाइन्सको नाइन ए एम पि कलसाईन भएको जहाज परीक्षणका लागि विमानस्थलमा अबतरण भएको हो। 

१९ सिट क्षमतामो जहाजलाई सिनियर क्याप्टेन एडी शेपाले उडाएका थिए। विहान ११ बजे साफेबगर विमानस्थलमा पुगेको जहाज करिब आधा घण्टा रोकियर उडेको थियो। 

क्याप्टेन शेर्पाले पहाडी तथा हिमाली क्षेत्रका अन्य विमानस्थल भन्दा साफेबगर विमानस्थलमा विमान अवतरण गर्न सजिलो भएको प्रतिक्रिया दिएका छन्। विमानस्थलमा परीक्षण उडानको खबरपछि जिल्लावासीमा खुसीयालि छाएको छ। मंगलसैनका होटेल व्यावसायी झंकर भाटले अब अछामबाट धनगढी तथा नेपालगंज जानको लागि सहज भएको बताएका छन्। 

तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट २०५८ फागुन ४ गते साफेबगर विमानस्थलको टावर ध्वस्त भएपछि विमानस्थल आंशिक बन्द भएको थियो भने २०६३ सालबाट पूर्ण रुपमा विमानस्थल अवरुद्ध भएको थियो।

विमानस्थलको ५०० मिटर लम्बाइ र ८० मिटर चौडाइमा कालोपत्रे गरिएको निर्माण कम्पनी अमर कन्स्ट्रक्सनले जनाएको छ।  भ्याटसहित ११ करोड ५० रुपैयाँ लाखको लागतमा कालोपत्रे भएको हो।

२०२४ सालमा निर्माण सुरु भएको साफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो। २०४४ सालदेखि २०५८ सालसम्म भने विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.