|

इन्डियन प्रिमियर लिगको दोस्रो क्वालिफायरमा अफगानी  स्टार रसिद खान चम्किएपछि सनराइजर्स हैदरावादले कोलकाता नाइटराइडर्सलाई १४ रनले हराएको छ।जितसँगै हैदरावाद जारी आईपीएलको फाइनलमा पुगेको छ।

हैदरावादलाई जिताउन निर्णायक ब्याटिङ तथा बलिङ गर्दै रसिद प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए। पराजयसँगै कोलकाता प्रतियोगिताबाट बाहिरियो।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएका थिए। उसका लागि समानजनक स्कोर तयार पार्न रसिद खानले १० बलमा ३४ रनको आक्रामक पारी खेले । उने आफ्नो पारीमा ४ छक्का र २ चौका प्रहार गरे। उनले अन्तिम ३ ओभरमा खेलको रुपनै परिवर्तन गरेका थिए।

त्यस्तै हैदरावादका लागि ऋद्धिमान शाहले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रनको योगदान दिएका थिए। बलिङतर्फ पनि रसिदको जादु चल्यो । ४ ओभर बलिङ गरेका उनले १९ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै कुलदीप यादवले २ विकेट लिए भने शिवम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको कोलकाताले सानदार सुरुवात गर्‍यो। आठौंँ ओभरसम्ममा दुई विकेटको क्षतिमा ८७ रन जोडेको कोलकाताको ब्याटिङ लाइन अप त्यसपछि भने लगतार विकेट पतनको शिकार भएको थियो । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६० रनमात्र जोड्यो। अन्तिम ओभरमा कार्लोस ब्रेथवेटले लगातार दुई विकेट लिए।

त्यस्तै सिद्धार्थ कौलले पनि २ विकेट लिए। शकिव अल हसनको नाममा एक विकेट रह्यो। ब्याटिङतर्फ क्रिस लिनले ३१ बलमा ४८ रन जोडेका थिए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नीतिश रानाले २२ रन जोडे। प्रतियोगिताको उपाधिका लागि हैदरावादले आइतबार चेन्नईको सामना गर्नेछ। हैदरावाद प्लेअफमा चेन्नईसँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.