|

डडेल्धुरा : देशभरका ७५३ स्थानीय तहमध्ये अमरगढी नगरपालिका डडेल्धुरा नगर 'डाटा पोर्टल' तथा सूचना प्रविधि केन्द्र स्थापना गर्ने दोस्रो बनेको छ। 

नगरपालिकाले शुक्रबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै दोस्रो स्थानीय तह बनेको हो। पहिलो स्थानीय तहका रूपमा अछामको साँफेबगर नगरपालिमा सूचना प्रविधि केन्द्र स्थापना भइसकेको छ।

नगर डाटा पोर्टल तथा सूचना प्रविधि केन्द्रको शुक्रबार प्रदेश ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरे। स्थानीय नागरिकलाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग 'अपडेट' गराउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ। 

सेसी नेपालको आर्थिक सहयोग र ग्रामीण वातावरण विकास केन्द्र डडेल्धुराको संयोजनामा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो। 

नगर प्रमुख विशेश्वरप्रसाद ओझाले नगरपालिकासँग केही गुनासा भए सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभन्दा पनि नगरपालिकाको सूचना प्रविधि केन्द्रमा एसएमएस गर्न नगरबासीलाई अनुरोध गरे। सबै गुनासाको सम्बाेधन गर्न तयार रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.