|

तनहुँ : तनहुँको व्यास नगरपालिका-२ स्थित दमौली बचत तथा ऋण सहकारी संस्थामा जम्मा भएको साढे चार करोड हिनामिना गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

बचतकर्ताले जम्मा गरेको रकम संस्थाका अध्यक्ष प्रकाश भनिने थमबहादुर थापा समेतको मिलोमतोमा हिनामिना गरेको आरोपमा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

संस्थाका अध्यक्ष एवं प्रमुख हालसम्म फरार छन्। सहकारीका सचिव व्यास १० बस्ने २९ वर्षीया दिव्या थापा, कोषाध्यक्ष व्यास २ बस्ने ४२ वर्षीय राजु थापा, सदस्य व्यास १ भादगाउँ बस्ने २७ वर्षीया दिपिका थापा र लेखा अधिकृत व्यास ३ बस्ने २५ वर्षीया लक्ष्मी थापालाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

प्रहरी उपरीक्षक शाहका अनुसार अन्य सहकारीको भन्दा बढी ब्याजदर दिने प्रलोभन देखाइ बचतकर्ताको रकम हिनामिना गरेका हुन्। उनीहरूलाई ठगी गरी भागेको अभियोगमा पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.