|

जनकपुरधाम : धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ। धनुषाको बटेश्वर गाउँपालिका–२ राजपुरमा गत वैशाख १० गते एक विवाह समारोहमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो।

पीडित परिवारका अनुसार बलात्कार घटनाको भिडियो बनाएर उक्त संलग्नहरूले कसैलाई जानकारी दिए ज्यान मार्ने र भिडियो समाजिक संजालमा हालिदिने चेतावनी दिएका थिए। सोही डरले पीडित पक्षले घटना लुकाउन खोजे पनि केही दिन नबित्दै सामाजिक संजाल फेसबुकमा बलात्कारको भिडियो सार्वजनिक भएपछि पीडित परिवारले प्रहरी समक्ष उजूरी दिएका छन्।  

सामाजिक संजाल फेसबुकमा सामूहिक बलात्कारको भिडियो सार्वजनिकपछि पीडित परिवारले जेठ ११ गते शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा चारजनाविरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ। पीडित किशोरी महोत्तरी जिल्लाको भंगहा नगरपालिकाकी रहेकी छिन्।

यता पीडित पक्षको उजुरीको आधारमा धनुषा प्रहरीले भंगहा नगरपालिका–५ बस्ने ३० वर्षीय किशुन महतोलाई शुक्रबार पक्राउ गरेको छ। घटनामा संलग्न अन्य अभियुक्तहरू फरार रहेको र तिनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिए।

एक विवाह समारोहमा स्वयम्बर हेर्न गएको बेला त्यहाँ विवाद चुलिएपछि भागाभागको क्रममा आफू एकलै परेपछि दुई तीन जना केटाले समातेर चौरमा लगी अन्य साथीहरूलाई बोलाएर बलात्कारसँगै भिडियो बनाएको पीडित किशोरीको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.