|

बाँके: नेपालगन्जमा सन् २०१८ को सवैभन्दा बढी गर्मी शनिबार मापन गरिएको छ। नेपालगन्जमा शनिबार दिउँसो अधिकतम तापक्रम ४०‍.५ डिग्री सेल्यिसय पुगेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका निमित्त प्रमुख प्रकाश विश्वकर्माले जानकारी दिए। 

शनिबार विहान ८ : ४५ बजे २५.६ डिग्री सेल्सियस रहेकोमा दिउँसो बढेर ४०.५ पुगेको उनले बताए। ७ मे, २०१८ मा नेपालगन्जको तापक्रम ४०.३ डिग्री सेल्सियस पुगेको थियो। अाज दिउँसो नेपालगन्जको सापेक्षिक आर्द्रता  २७ प्रतिशत र भिजिविलिटी सात किलोमिटर रहेको उनले बताए। तातो हावासँगै प्रचण्ड गर्मीका कारण बाँकेको जनजीवन कष्टकर बनेको छ। प्रचण्ड गर्मीले नेपालगन्जमा सर्वसाधारणको चहलपहल कम भएको छ। 

दिउँसो आउजाउ गर्नेको संख्या पातलिएसँगै नेपालगन्जको सडकमा मानिस देखिन छाडेका छन्। प्रचण्ड गर्मीले हिड्डुल गर्न नसकिने अवस्था सिर्जना भएपछि सर्वसाधारण साँझ र बिहान किनमेलका लागि बजारमा निस्किने गरेका छन्।

बाहिर निस्कन सक्ने अवस्था नभएपछि दिउँसो बजार सुनसान हुने गरेको न्यूरोडका व्यापारी सुशील लामिछानेले बताए। उनले दिउँसोको समयमा न्यूरोड सुनसान हुने र बेलुकीपख सर्वसाधारणको चहलपहल बढ्ने गरेको बताए। ‘गर्मीले बाहिर निस्कन सक्ने अवस्था छैन,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.