|

वीरेन्द्रनगर : सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन्। 

घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ। बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको उक्त ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खसेको थियो। दुर्घटनामा बसधनी रामबहादुर खड्काको मृत्यु भएको हो। उgको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन्। बस सडकबाट झन्डै २०० मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.