|

जाजरकोट : यहाँका सात वटा स्थानीय तहलाई जिल्लाका सवै स्वास्थ्य संस्थाहरू हस्तान्तरण गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको नेतृत्वमा रहेका यहाँका स्वास्थ्य संस्थाहरू विधिवतरूपमा शनिबार स्थानीय तहको माताहातमा गएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिए।

स्थानीय सरकार गठनसँगै यहाँका स्वास्थ्य संस्थाका कर्मचारी, स्वास्थ्यकर्मीलाई तलव, भत्तासमेत स्थानीय तहले नै उपलव्ध गराउँदै आएको थियो। स्थानीय तहले नै यहाँका सबै स्वास्थ्य संस्थामा औषधी, अन्य आवश्यक सामग्रीहरू उपलव्ध गराउँदै आएको छ। 

जिल्लामा अब छवटा मात्र कार्यालय रहने तर स्वास्थ्य कार्यालय नरहने भएपछि सवै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको स्वास्थ्य प्रमुख रामबहादुर नेपालली जानकारी दिए। जिल्ला अस्पताल बाहेक सबै शनिबार नै हस्तान्तरण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.