|

दाङ : शान्तिनगरमा झाडापखालाबाट अहिलेसम्म ३११ जना बिरामी परेका छन्। उक्त गाउँपालिका ३ र ४ मा शुक्रवार बिहानदेखि शुरु भएको झाडापखालाका बिरामीको संख्या बढ्ने क्रममा रहेको शान्तिनगरकी स्वास्थ्य चौकी इन्चार्ज ईच्छा महतले बताइन्। 

उनका अनुसार फुटप्वाईजन जस्तो लक्ष्यण देखिएको उक्त झापखालाबाट बढी उमेर समूहका पीडित भएका छन्। ती मध्ये कम्तिमा ५० जनालाईस्वास्थ्य चौकीबाट रिफर गरि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा थप उपचारका लागि ल्याइएको पठाइएको महतले बताईन्। अञ्चल अस्पतालमा बिरामी संख्याको चाप बढेकाले अन्य ती बिरामीलाई तुलसीपुरका निजी अस्पतालमा राखि उपचार गराउने गरी तयारी भएको छ। 

अन्यको भने स्वास्थ्य चौक र स्वास्थ्यकर्मीको निगरानीमा घरमै उपचार भइरहेको उनले बताइन्। वाकवाकी लाग्ने, पखाला चल्ने जस्ता मूख्य लक्ष्यण देखा परेको स्वास्थ्य चौकी शान्तिनगरले जनाएको छ। 

पानीको अभाव हुने त्यस क्षेत्रका बासीन्दाहरूले खाल्डोमा खोर्सेर पानी पिउँदै आएका थिए। फोहर पानीकै कारण झाडापखाला भएको हुन सक्ने स्वास्थ्यकर्मीहरुले आशंका गरेका छन्। बिरामीको अवस्थाका बारेमा जानकारी लिन दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ नेतृत्वमा जिल्ला जनस्वास्थ्यका अधिकारीहरू पनि प्रभावित क्षेत्रमा पुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.