|

सोलुखुम्बु : वसन्त ऋतुमा हुने सगरमाथा आरोहण सकिएको छ। शुक्रबार शुक्रबार अन्तिम समूह एकजना विदेशीसहित चार नेपालीले आरोहण गरेसँगै यस वर्षको आरोहण सकिएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

यस याममा करिब ४०० बढीले सगरमाथा आरोहण गरेको अधिकारीहरुले बताएका छन्। आरोहणको विवरण आउने क्रम जारी रहेकाले एक्किन तथ्यांक तयार नभएको पर्यटन विभागले जनाएको छ।  यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागका निर्देशक रामप्रसाद सापकोटाले जानकारी दिए।

यस यामको आरोहण मे १३ अर्थात बैशाख ३० गतेदेखि सुरु भएको थियो। उक्त दिन आठ जना गाईडले सगरमाथाको चुचुरोसम्म डोरी टांदै पुगेका थिए। यसलाई नै यस यामको पहिलो आरोहण मानिएको थियो।

विगत वर्षमा भन्दा यस वर्षको आरोहण सफल रहेको मान्न सकिने ट्रेकिङ कम्पनीको भनाई छ। यो याममा खासै ठूला घट्ना नभए पनि चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.