|

दमक (झापा) : पूर्व–पश्चिम राजमार्गअन्तरगत झापाको कमल गाउँपालिका ५ मा शनिबार साझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। कमल गाउँपालिका ५ सशस्त्र प्रहरी बल पाथिभरा गण अगाडि भएको सवारी दुर्घटनामा कमल गाउपालिका ३ बस्ने ३३ वर्षीय लोकेन्द्र पाण्डेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे. ३ प ३९४५ नम्बरको मोटरसाइकललाई र विपरीत दिशाबाट आएको को १ ज ९५३ माइक्रोबसले ठक्कर दिएको थियो। माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको लाइफलाइन अस्पतालमा मृत्यु भएको दमक ट्राफिकले जानकारी दिएको छ। दुर्घटनामा संलग्न दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.