|

काठमाडौं : आफ्नै श्रीमानबाट चरम यातना र अपहरण सम्म परेकी सबिना कार्कीले न्याय नपाएको गुनासो गरेकी छन्। राजधानीमा पत्रकार सम्मेलन गरि उनले न्याय पाउनुको सट्टा आफ्नै ज्यान समेत धरापमा परेको दुखेसो पोखिन्।

श्रीमान जुवाको लत र  परस्त्रीसँग लागे पछि आफु बाध्य भएर न्यायका लागि र आफ्नो सन्तानको भबिष्यको लागि सोच्दा आफुले चरम यातनासमेत भोग्नु पेरेको उनको भनाइ थियाे।

न्याय मान्दा उल्टै श्रीमानले मुद्दा फिर्ता लिन दबाब दिदै अपहरण गरेर ललितपुर सुनाकोठी स्थित फियथ नामको पुनर्स्थापना केन्द्रमा लागि ८ महिना सम्म बन्धक बनाएर चरम यातना दिएको समेत पीडितको आरोप छ।

नेपालगन्ज स्थायी घर भएकी सबिनाका  श्रीमान नरेन्द्र शर्मा समाखुशी टाउन प्लानिङ्गमा बस्दै आएका थिए। आठ महिना बन्धन बनाएको अभियोगमा उनका श्रीमान नरेन्द्र शर्मा लगायत पुन्र्स्थापना केन्द्रका सन्चालक सुभाष खड्का र सह-सन्चालक सुधीर अधिकारीविरुद्ध ललितपुर प्रहरीले मानव अपहरण तथा शरिर बन्धक अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्।

अभियोग लागेका मध्ये सुभाष खड्का र सुधिर अधिकारीलाई बिहीबार अदालतले सफाई दिएपछि आफ्नो ज्यान असुरक्षित भएको उनको भनाइ छ। श्रीमान नरेन्द्र शर्मालाई भने ललितपुर जिल्ला अदालतले ७ वर्ष कैद हुने फैसला गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.