|

स्पेनिस जाइन्ट रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। जितसँगै रियलले  १३ औं च्याम्पियन्स लिग उपाधि आफ्नो पक्षमा पार्दै नयाँ इतिहास बनाएको छ। वहुप्रतिक्षीत च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको कमजोर गोलरक्षकको फाइदा उठाउँदै रियलले ३-१ ले उपाधि जित्न सफल भयो।

सब्सटिच्युट ग्यारेथ बेलले सनसनिपुर्ण दुई गोल गरेपछि रियल म्याड्रिडले उपाधि जित्न सफल भयो। गोलरक्षक लोरिस करीउसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जामाले ५३ औं मिनेटमा टिमलाई पहिलो सफल्ता दिलाए। तर साडियो मानेले आकर्षक गोल गर्दे टिमलाई बराबरीमा ल्याए।

तर टिमलाई अग्रता दिलाउने क्रममा ग्यारेथ बेलले आकर्षक लेफ्ट फुटेड भलीमार्फत टिमको अग्रता दोब्बर बनाए। भने बेललेनै टिमका लागि तेस्रो गोल गरे जुन गोलपनि गोलरक्षक करीउसको गल्तिमानै सम्भव भएको थियो।

त्यसअघि लिभरपुल आफ्ना स्टार स्ट्राइकर मोहमद्ध सालेहलाई गुमाउन पुग्यो। रियल म्याड्रिडका डिफेन्डर सर्जिओ रामोसले सिल्ली तर गम्भीर फल गर्दे सालेहलाई ३० मिनेटमानै मैदान बाहिर पठाएका थिए। विशुद्ध खराव ट्याकल पछि सालेह रुँदै मैदानबाट बाहिरिएको दृश्य साँचिकै दर्दनाक देखिएको थियो।

यो जितसँगै लिभरपुलले एतिहासिक मौका गुमायो भने रियल म्याड्रिड र प्रशिक्षक जिनेदीन जिदानले भने नयाँ इतिहास कायम गरे। जितका लागि रियललाई मानिएला तर यो खेलमा अपनाइएको रणनिती भने विश्व फुटबलमा सधैव खराब नजिरका रुपमा रहने पक्का छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.