इलाम : सूर्योदय नगरपालिका–२ रुङसुङमा आइतबार बिहान भएको आगलागीबाट एउटा घर ध्वस्त भएको छ। आइतबार बिहान करिब ९ बजे भएको आगलागीबाट कमल खवासको एकतले घरमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ।
लामो समयदेखि काठमाडौं बसोवास गर्दै आएका खवास परिवार शनिवार मात्र घर आएका थिए। घरमा सरसफाइ गर्दा मैनबत्तीबाट आगो सल्किएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक शिवकुमार बुढाथोकीले बताए। स्थानयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।