|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समय अनुसार मूल्य वृद्धि हुनु सामान्य रहेको बताएका छन्। प्रधानमन्त्रीको जवाफप्रति संसदहरूले राखेको प्रश्न उत्तर दिँदै उनले समयअनुसार मूल्य वृद्धि समान्य भएको बताएका हुन्। 

ओली नेतृत्वको सरकार आएपछि मात्र चारपटक पेट्रोलियम पदार्थको मूल्य वद्धि भइसकेको छ। तर, प्रधानमन्त्री ओलीले भने मूल्य वृद्धिलाई समान्य रूपमा लिएका छन्। उनले भने,‘म अलिक सानो हुँदा ५० पैसा माना घ्यू, ९० रुपैयाँ तोला सुन आउथ्यो। अब अहिले त्यो भाउ निकै बढी सक्यो, सभामुख महोदय, तीन महिनाको मात्र हिसाब गर्नुभएछ साथीहरूले।’

उनले यस विषयमा सरकारलाई आक्रमण गर्ने ठाउँ मात्र खोजिएको बताए। उनले भने,‘कहिलेकाहिँ बाटो भत्क्यो भने टमाटरको भाउ बड्छ। यो चाहिँ सरकारलाई हान्ने ठाउँ खोजे जस्तो मात्र हो। यो अर्थपूर्ण हुँदैन।’

अनियन्त्रित र अस्वाभाविक मूल्य वृद्धितर्फ सरकारले ध्यान दिने बताए। उनले भने,‘ मूल्य वृद्धि स्वभाविक पनि हो। तर, कृतिम अभाव सृजना गरेर गरेको मूल्य वृद्धि भयो भने यसतर्फ सरकारले ध्यान दिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.