घाटा खाने पहिलो संस्था जनक शिक्षा

|

काठमाडौं : लामो समयदेखि निरन्तर घाटामा रहेको नेपाल आयल निगम गत आर्थिक वर्षदेखि नाफामा जान थालेको छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरेसँगै अर्बौं घाटामा रहेको आयल निगम नाफामा पुगेको छ। 

राजनीतिक दबाबको कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउँदा बढाउन नसक्ने र घटाउँदा घटाउनु पर्ने बाध्यता व्यहोरेको सरकारले पछिल्लो दुई महिनामा मात्रै चार पटक मूल्य समायोजन गरेको छ। बढी मूल्य बढ्दा कम बढाउनको लागि कोष खडा गरेता पनि निगमले पछिल्लो समय त्यो कोष प्रयोग गरेको छैन।

चालु आर्थिक वर्षमा आयल निगमको नाफा सरकारका कुल ३७ संस्थानमध्ये दुई नम्बरमा रहेको छ। आयल निगमले भन्दा बढी दुरसंचार कम्पनीले मात्रै गरेको छ। अर्थमन्त्रीले संसदमा सार्वजनिक गरेको सार्वजनिक संस्थाको वार्षिक स्थितिअनुसार १० अर्ब ४१ करोड १४ लाख पुगेको छ। सबैभन्दा बढी नाफा कमाएको दुरसंचार कम्पनीले १५ अर्ब ३७ करोड २८ लाख रुपैयाँ रहेको छ। 

हेर्नुस पाँच संस्थाको खुद नाफा

घाटामा भने यो वर्ष पनि जनक शिक्षा सामाग्री केन्द्र सबैभन्दा बढी छ। यो संस्थाले ३१ करोड ६२ लाख घाटा बेहोरेको छ। पुनसंचालनमा आएको नेपाल औषधि लिमिटेड धेरै घाटा व्यहोर्ने संस्थामध्ये चौथो स्थानमा रहेको छ। यो संस्थाको खुद नोक्सान १३ करोड ८७ रहेको छ।

हालसम्म सरकारसँग ३७ वटा सार्वजनिक संस्थान रहेका छन्। ती संस्थानमा सरकारको लगानी तीन खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.