|

लमजुङ : सुन्दरबजार नगरपालिका- ८ बलिथुम गाउँमा रहेको एक घरमा चट्याङका कारण आगलागी भएको छ। शनिबार साँझ ६ बजेतिर परेको चट्याङका कारण स्थानीय लालुमाया थापा सार्कीको घरमा आगलागी भएको हो।

घरमा लालुमाया सार्कीसँगै उनका जेठा छोरा, बुहारी र माइली बुहारी बस्दै आएका थिए। आगलागी हुँदा माइली बुहारी कालुमाया सार्कीको ४ तोला सुन, दुई लाख नगद, ११ वटा कुखुराको साथै घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको परिवारले दाबी गरेको स्थानीय राजन परियारले जानकारी दिए। उनकाअनुसार २५ हात लम्बाई, ११ हात चौडाईको दुईतले कच्ची घरमा आगलागी भएको हो।

साँझ ६ बजेको समयमा लागेको आगो स्थानीय र इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरीको सहयोगमा साँढे ८ बजेतिर आगो निभाइएको हो। अहिले पीडित परिवार आफन्तको घरमा बस्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.