|

बुटवल : प्रदेश ५ सरकारले गणतन्त्र दिवसमा जेठ १५ गते सार्वजनिक बिदा दिने भएको छ।

मन्त्रिस्तरीय निर्णयबाट प्रदेश ५ मा गणतन्त्र दिवसमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए। सचिव भट्टराईले भने, ‘तर यो छुट्टि मनाउने बिदा हाेइन, दिवस मनाउने बिदा हो।' 

सचिव भट्टराईका अनुसार प्रदेश ५ का १२ वटै जिल्लामा गणतन्त्र दिवसको अवसरमा दीपावली, स्वास्थ्य शिविर, प्रभातफेरी, मैत्रीपूर्ण भलिबल, वृक्षरोपण, सरसफाइ , साहित्यिक कार्यक्रम लगायतका कार्यक्रम हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.