|

दाङ : दाङको शान्तिनगर गाउँपालिकामा आइतबार साँझसम्म एकहजार बढी झाडापखालाका विरामीको उपचार भएको छ। शान्ति नगरगाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए। शान्तिनगर स्वास्थ्य चौकी र तुलसीपुरका विभिन्न अस्पतालमा गरी हालसम्म हजार जतिको उपचार भएको र त्यसमध्य अधिकांस उपचारपछि घर फर्किएको स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै अध्यक्ष डाँगीले बताए।

आइतबार मात्र ४०० बढी विरामीको उपचार भएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए। उनले औधषीको मात्र प्राप्त भएको र शनिवारको भन्दा विरामीको अवस्था जलिट नभएकाले उपचार स्वास्थय चौकीमा गरिरहेको बताए। आइतबार कुनै पनि विरामीलाई रिफर नगरेको शाखा प्रमुख पुनले बताए। 

त्यहाँ नेपाली सेना, राप्ती अञ्चल अस्पताल, जिल्ला जनश्वास्थ्य, तुलसी अस्पताल, नेपाल रेडक्रस सोसाइटीबाट खटिएको स्वास्थ्य टोली र स्थानीय स्वास्थकर्मीले उपचार गरिरहेको शान्तिनगर गाउँपालिकाका प्रवक्ता रवी बुढाथोकीले जानकारी दिए। 

यसैबीच शान्तिनगरस्थित स्वास्थ्यचौकीमा उपचारमा संलग्न चिकित्सकहरूले भने झाडापखाला नियन्त्रण उन्मुख रहेको जानकारी दिएका छन्। तुलसी हस्पिटलका डा. किशोर खत्रीले रातदिन खटेर चिकित्सकहरूले उपचार गरेपछि झाडापखाला नियन्त्रण उन्मुख रहेको बताए।

राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष विष्णु कुमार देवकोटाले शनिवार दिउँसोदेखि नै शान्तिनगरमा अस्पतालबाट डाक्टर उपचारको लागि खटाएर झाडापखालाका विरामीको उपचार थालिएको हुँदा त्यो समयमै नियन्त्रणमा लिन सजिलो भएको बताए। प्रमुख जिल्ला अधिकार गजेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा आइतबार पनि जिल्ला जनस्वास्थ्यको टिम महामारी फैलिएको स्थानिय शान्तिनगर गाउँपालिकामा पुगेको छ।

राप्ती अञ्चल अस्पतालमा ३० जना  र सिटी हस्पिटलमा १० जना गरि ४० जना जति झाडापखालाका विरामीको हाल उपचार तुलसीपुरमा उपचार भइरहेको छ। 
शान्तिनगर गाउँपालिकामा खटिएर विरामीको उपचार गरिरहेका  डा. किशोर खत्रीले दूषित पानीका कारण शान्तिनगरमा झाडापखाला फैलिएको बताए। पानीमा सिगेला व्याक्टेरिया फेला परेको हुँदा उक्त पानीको प्रयोग गर्ने सबैजनामा भाडा पखालाको संक्रमण भएको डा. खत्रीले बताए। 

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले पनि उपचारमा संलग्न चिकित्सकले पानीकै कारण झाडापखाला फैलिएको भन्ने जानकारी दिएपछि पानीको मुहान सरसफाइ गरिएको बताए। उनले केही दिन पहिले परेको पानीले माइले खानेपानी आयोजनामा खोलाको दूषित पानी मिसिएको हुँदा त्यही कारण झाडापखाला फैलिएको बताए। उनले स्वास्थ्य चौकीमा वेड अभावले भुई तथा बरण्डा र छाहारीमा राखेरसमेत विरामीको उपचार भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.