|

चितवन : भरतपुर विमानस्थलबाट काठमाडौंका लागि यात्रु लिएर उडेको यति एयरलार्इन्सको जहाज दुर्घटनाबाट बचेको छ। यति एयरको नाइन एन एआइएस कल साइनको जहाजमा भंगेरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ। अपरान्ह ४ बजेर १० मिनेटमा उडेको यति एयरको जेट स्टिम विमानमा चरा ठोक्किएपछि तत्कालै अवतरण गरिएको हो। 

यति एयरका भरतपुर शाखाका प्रबन्धक राजेश सिंहका अनुसार भरतपुर विमानस्थल नजिकै रहेको रिजालचोकमाथि पुग्दा सानो भंगेरा इन्जिनमै ठोकिएपछि आकस्मिक अवतरण गरिएको हो।

क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा ठोकिएको आशंका गरेपछि तत्कालै  भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए। समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ।

जहाजले भरतपुर विमानस्थलबाट काठमाडौंका लागि २२ जना यात्रु लिएर उडेको थियो। यात्रुलाई तत्कालै अर्को जहाज झिकाएर काठमाडौं पठाइएको यति एयरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.