|

सुर्खेत : कर्णाली प्रदेशका संसादहरूले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारसँग आक्रोस व्यक्त गरेका छन्। प्रदेशसभाको दोस्रो अधिवेशन अन्र्तगत आइतबार बसेको बैठकमा विशेष समयमा बोल्दै संसादहरूले यस्तो बताएका हुन्। 

सांसद बिन्दमान विष्टले विगत चार वर्ष यता पालमुनि बस्न बाध्य रहेका सुर्खेतका बाढीपीडितका बारेमा प्रदेश सरकारले हालसम्म कुनै पहल नगरेको गुनासो गरे।
उनले तत्काल बाढीपीडितलाई राहत तथा पुनःस्थापना गर्न प्रदेश सरकारसँग माग गरे।

यस्तै, संसाद यज्ञबहादुर विसीले केही दिनअघि हावाहुरीले पश्चिम सुर्खेतका धेरै विद्यालय र स्थानीयका घर पूर्णरूपपमा क्षति भएको जानकारी गराउँदै तत्काल राहत तथा व्यवस्थापन गर्न माग गरे।

प्रतिपक्ष दलका संसाद दिनबन्धु श्रेष्ठले प्रदेश स्तरीय सुरक्षा गोष्ठिका क्रममा व्यानरमा कर्णाली प्रदेश लेख्नुको सट्टा प्रदेश–६ लेखिएकोमा आपत्ति जनाए।
उनले यस विषयमा कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्रीको ध्यानाकर्षण गराए। यसैबीच, आइतबारको बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विनियोजन विद्ययेक २०७५ का सिद्धान्त, उदेश्य प्रथामिकता र प्रमुख नीतिहरूका बारेमा संसदलाई जानकारी गराउँदै छलफलका लागि  सभा समक्ष पेश गरे।

यस्तै, आन्तरिक मामिला तथा कानुमन्त्री नरेश भण्डारीले  कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी  कानुन तर्जुमा गर्न बनेको विधयेक २०७५ सैद्धान्तिक छलफलका लागि सभा समक्ष पेश गरेका छन्। पेश भएका विधयेकका विषयमा धारणा राख्न सांसदहरूलाई सोमबार र मंगलबार बस्ने बैठकमा समय दिइने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.