|

लमजुङ : एक दशकभन्दा लामो समयदेखि बालगृहमा बस्दै आएका बालवालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ। बेसीशहरस्थित आदर्श महिला तथा वाल विकास केन्द्रद्वारा सञ्चालित वालगृहमा रहेका दुईजना द्वन्द्वपीडित तथा असहाय बालवालिकालाई परिवारमा पुनर्मिलन गराईएको हो। 

असाह्य, द्वन्द्वपीडित बालवालिकाहरूलाई कक्षा १० सम्मको अध्ययन गराएर परिवार तथा आफन्तमा पुनर्मिलन गराउने सस्थाको नियमअनुसार उनीहरूलाई बाबुआमाको जिम्मा लगाइएको संस्थाकी अध्यक्ष सानुमाया गुरुङले बताइन्। २०७४ को माध्यमिक शिक्षा परीक्षा(एसइई) दिएर बसेका बालगृहमा १५ वर्ष बिताएका बालबालिकालार्ई एक कार्यक्रमको आयोजना गरी अभिभावकलाई बुझाइएको हो।

बालगृहमा आश्रित क्होलासोंथर गाउँपालिका–९ गिलुङ छापाका १७ वर्षीय विछोड परियार र साविक वाग्लुङपानी ५ हाल नवलपरासी दिम्कीवास २ कि १७ वर्षीया शान्तिमाया गुरुङलाई उनीहरूको अभिभावकसँग जिम्मा लगाइएको छ। विछोडलाई आमा डिलकुमारी परियार र शान्तिमायालाई बुबा हरि गुरुङको जिम्मा लगाइएको हो।  विछोड १५ वर्षादेखि र शान्ति १३ वर्षादेखि बालगृहमा आश्रय लिएका थिए।  विछोडको बुवा वेपत्ता भएको र शान्तिको आमाले दोस्रो विवाह गरेपछि उनीहरू बिचल्लीमा परेका थिए।

बालबालिकाका अभिभावकले उनीहरूको सफल भविष्यको लागि उचित वातावरण प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।  आइतबार उनीहरूलाई अभिभावकसँग पुनर्मिलन गराउँदा न बालगृहको आँखा ओभानो भयो न त ती बालबालिकाहरु नै खुशी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.