|

इन्डियन प्रिमियर लिग आइपीएलको फाइनलमा सनराइजर्स हैदरावादले चेन्नइ सुपर किंग्सलाई १७९ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले ६ विकेटको क्षतिमा १७८ रन बनाएको हो। हैदरावादका लागि कप्तान केन विलियम्सनले ४७ र युसुफ पठानले ४५ रन बनाएका थिए। त्यस्तै शिखर धवनले २६, शकिव अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बनाएका थिए।

चेन्नइका लागि लुंगी निगिदी, शार्दुल ठाकुर, कर्ण शर्मा, ब्राभो र रवीन्द्र जडेजाले एक-एक विकेट लिएका थिए।

आइपीएलको फाइनल मुम्बईको वानखडे स्टेडियममा भइरहेको छ। अबको केहीबेरमा महेन्द्रिसंह धोनीको कप्तानीमा रहेको चेन्नइले ब्याटिङ गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.