|

धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सात दिनभित्र यातायात व्यवस्थित गर्न निर्देशन दिएका छन्। प्रदेश ७ का प्रमुख शहरहरूमा अव्यवस्थित रहेको यातायात व्यवस्थापन गरिनु पर्ने जनगुनासो बढेपछि आइतबार मुख्यमन्त्री भट्टले आफ्नै कार्यकक्षमा जनगुनासोका बारेमा आवश्यक छलफल गर्दै यातायात व्यवस्थित गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।  

भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको सहभागितामा मुख्यमन्त्री भट्ट र कैलालीका प्रजिअ, यातायात सम्बद्ध निकायका प्रमुखबीच यातायात व्यवस्थापनका बारेमा छलफल भएको मुख्य मन्त्रीको निजी सचिवालयले जनाएको छ। छलफलपछि मुख्यमन्त्री भट्टले सात दिनभित्र यातायात व्यवस्था चुस्त पार्न यातायात सम्बद्ध निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्।  

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलालीका प्रजिअ, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, क्षेत्रीय ट्र«ाफिक प्रहरी प्रमुख, धनगढी उपमहानगरपालिका प्रतिनिधिको सहभागिता थियो। 

यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगको १८औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले राजनीतिक अस्थिरताका कारण मानवअधिकार उलंघनका घटना बृद्धि भएको उल्लेख गर्दै अब स्थिर सरकार बनिसकेकोले यस्ता घटना कम हुँदै जाने बताए। राष्ट्रिय वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले मानवअधिकार रक्षाका लागि सबैले एकजुट भएर लाग्नु पर्ने विचार व्यक्त गरे।  

मानव अधिकार उलंघनका घटना केही  नियत वश हुने गरेको भय पनि यस्ता केही घटना अधिकार प्राप्तिका क्रममा पनि हुने गरेको उनको भनाई थियो। मानव अधिकार आयोगले दिएका सुझाव कार्यान्वयन गर्न प्रदेश सरकार कटिवद्ध रहेको मुख्यमन्त्री भट्टले बताए। 
 
मुख्यमन्त्री भट्टले सामाजिक चेतना विकासका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा जनअभियान संचालन गर्ने तयारीमा प्रदेश सरकार लागि परेकोसमेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.