|

ललितपुर : यस वर्षको दयाराम परियार स्मृति पुरस्कार मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई प्रदान गरियो। 
राष्ट्रिय मानव अधिकार आयोगको अठारौं  स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित समारोहमा अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी एक लाख रुपैयाँ छ।

अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्षदेखि पुरस्कारमा रुपान्तरण गरिएको हो। यो सम्मान यस अघि अधिकारकर्मीहरू दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्रकिशोर झा, डा.शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २०६२ चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकै क्रममा प्रहरीको गोली लागेको थियो। अधिकारकर्मी परियारले उपचार कै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगंजमा सहादत प्राप्त गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.