जित्यो २० करोड रुपैयाँ

|

इन्डियन प्रिमियर लिग (आइपीएल) २०१८ को उपाधि महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले जितेको छ। यो जितसँगै चेन्नईले २० करोड रुपैयाँ जितेको छ।

फाइनलमा सनराइजर्स हैदरावादले दिएको १७९ रनको लक्ष्य २ विकेटको क्षतिमा चेन्नईले १८.३ ओभरमा पूरा गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा चेन्नईका सेन वाट्सनले धमाकेदार पारी खेलेका थिए। उनले नटआउट ५७ बलमा ११७ रन बटुलेका थिए। त्यस्तै अम्बाती रायुडूले पनि नटआउट १७ रन बनाए। चेन्नईका वाट्सनका सामू हैदरावादका धुरन्धर बलरले घुँडा टेकेका थिए।

चेन्नईका सुरैश रैना ३२, फाप डू प्लेसिस १० र रन बनाएर आउट भएका थिए। हैदरावादका लागि भने सन्दीप शर्मा र कार्लोस ब्रेथवेटले एकएक विकेट मात्र लिन सके। अफगानिस्तानका बलर जसले आइपीएलमा हैदरावादका लागि यसअघिका खेलमा धमाका बलिङ गरेका थिए फाइनलमा धोनीको चेन्नईसामू भने जादू देखाउन सकेनन्।

मुम्बईको वनखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो। हैदरावादका लागि कप्तान केन विलियम्सनले ४७ र युसुफ पठानले ४५ रन बनाएका थिए। त्यस्तै शिखर धवनले २६, शकिव अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बनाएका थिए।

चेन्नईका लागि लुंगी निगिदी, शार्दुल ठाकुर, कर्ण शर्मा, ब्राभो र रवीन्द्र जडेजाले एक-एक विकेट लिएका थिए।

आइपीएल २०१८ मा पहिलोपटक नेपाली खेलाडीले सहभागीता जनाउने मौका पाएका थिए। नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए। दिल्लीबाट तीन खेल खेल्ने मौका पाएका सन्दीपले तीनवटै खेलमा उत्कृष्ट बलिङ गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.