|

काठमाडौं : मुलुकको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब रुपैयाँ बढेर यो वर्ष ३० खर्ब सात अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ। चालू आर्थिक वर्षको आठ महिनाको उपलब्ध तथ्यांक र बाँकी चार महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको समाचार कान्तिपुर दैनिकमा छ।

सरकारले संघ, प्रदेश र र स्थानीय तहसेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दैछ। हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब र तल्ला दुई तहका सरकारलाई चार खर्बको बजेट सीमा तोकेको एक उच्च अधिकारीले जनाएको खबर नयाँ पत्रिका दैनिकमा छ।

यसअनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ प्रतिशत र तल्ला तहको सरकारको बजेट २५ प्रतिशत हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.