|

नुवाकोट : प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा मृत भेटिएकी छिन्। 

काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया अाइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए। 

साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.