|

काठमाडौं : सरकारले साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको शनिबार बसेको बैठकले रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो।

प्रगतिवादी साहित्यकारका रूपमा चिनिने कवि रिमाललाई नेपाली साहित्यमा गद्यमा कविता लेखनको सुरुवातकर्ता मानिन्छ। उनको ‘आमाको सपना’ कविता संग्रहले २०२० को मदन पुरस्कार पाएको थियो। रिमालका ‘यो प्रेम’, ‘मसान’ नाटक पनि चर्चित छन्।

१९७४ जेठ १८ मा काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको निधन २०३० कात्तिक ८ मा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.