|

रुकुम : बुढेसकाल उमेर भएका मानिसहरुको कपाल झरेको त देख्नुभएको होला। त्यस्तै अधबंैशे मानिसहरुको पनि तालु वा अन्य केही ठाउँमा पनि थारै मात्रामा कपाल झरेको पनि देख्नुभएकै होला। तर, के १६ वर्षकै उमेरमा टाउकेको सबै कपाल झरेको देख्नुभएको छ? अचम्म नमान्नुहोस् रुकुम पूर्वकी एक किशोरीका यस्तै, समस्याबाट पीडित भएकी छिन।

सिस्ने गाउँपालिका ५ रुकुमकोटकी  १६ वर्षीया सुस्मा बुढाथोकी विगत ३ वर्षदेखि कपाल झर्ने समस्याले पीडित भएकी हुन्। सुरुका वर्षहरुमा थोरै मात्रामा कपाल झरे पनि अहिले भने पूरै कपाल झरिसकेको छ। कपाल झर्न रोक्न उनले धामी झाँक्रीदेखि आर्येवेद र अन्य अस्पताल धाए पनि उनको समस्या अझै समाधान भएको छैन।

रगतको कमी भएको डाक्टरको भनाइ

'कपाल झर्ने समस्या निकै बढेपछि काठमाडांैस्थित टिचिङ अस्पतालमा गइयो, त्यहाँ डाक्टरले रगतको खराबीको कारण यस्तो भएको भन्दै तीन महिना औषधि खानुपर्ने बताएका थिए,’ उनले भनिन्, ‘नियमित औषधि खाएपछि कपाल आउने बताए, एक महिनाको मात्र औषधिका लागि १५/२० हजार पर्दोरहेछ, पैसा अभावले एक महिनाभन्दा बढी औषधि किन्न सकिएन र समस्या पनि समाधान भएको छैन।’

 कपाल उमार्न सक्ने भन्दै सञ्चारमाध्यामहरुमा आकर्षक विज्ञापनहरु आउने गरेको भए पनि आर्थिक अभावका कारण उनले पर्याप्त उपचार गर्न नसकेको उनले सनाइन्।

अभिाभावक चिन्तित

कलिलो उमेरमै छोरीको पूरै कपाल झर्ने समस्या भएपछि आपूmहरु चिन्तित भएको आमा पिमा बुढाथोकी बताउँछिन्। ‘अहिले त कपाल मात्र झरेको छ पछि त ज्यान नै लिने खालको पो समस्या हो कि, हामी त निकै दुःखमा पो छौँ,’ उनले भनिन्, ‘राम्रो अस्पतालमा उपचार गराउने हो भने पनि हामीसँग पैसा छैन, यसका बुबा र दाइ भारतमा मजदुरी गर्छन् त्यो पैसाले साँझ बिहानको छाक टार्ने कि यसको उपचार गर्ने?’

दिनरात कपाल नहुँदाको पीर

सुरु सुरुमा थोरै कपाल झर्दा उपचार गरेर पनि कपाल आउँछ कि भन्ने आस गरेकी सुस्माले अहिले त कपाल आउने आससमेत मारिसकेकी छिन।

‘अहिले त निकै चिन्ता जागेर आउछ, न आर्थिक समस्याले उपचार गर्न सकियो, १६ वर्षको उमेरमा नै यसरी पूरै कपाल खुइलियो,’ उनले भनिन्, ‘अब फेरि उपचार गर्न जानलाई पैसा छैन कसरी उपचार गर्ने? दिनरात कपाल नहुँदाको पीरले लाग्छ।’

उनी कपाल नभएकै कारण सधँै टाउकोमा कपडा बाँधेर नै विद्यालय जाने गर्छिन्। कपाल नहुँदा युवा अवस्थाको आफ्नो रंगीन सपना चकनाचुर बनेको उनको दुखेसो छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.