|

दैलेख : दैलेखको गुराँस गाउँपालिका-८ मा रहेको मालिका माध्यमिक विद्यालयमा छात्राहरु काँप्दै, चिच्चाउने र बेहोस हुन थालेपछि विद्यालय प्रशासन समस्यामा परेको छ।

दुई दिनदेखि छात्राहरुमा यस्तो समस्या देखिएपछि आफूहरुले डाक्टरलाई बोलाएर औषधि सेवन र झारफुक दुवै खाले उपचार सुरु गरेको विद्यालयका प्राधानाध्यापक भक्तबहादुर बस्नेतले बताए। बुधबार एउटा छात्रलाई यस्तो समस्या थियो, बिहीबार अरु एकजनालाई भयो आइतबार पाँचजना छात्राहरुलाई यस्तो समस्या देखिएको हो।

एक्कासि टाउको दुख्यो भन्ने, रुने, चिच्चाउने अनि बेहोस भएर ढल्ने गरेका छन्। यस्तो अहिलेसम्म देखेका थिएनौँ। घरबाट सञ्चै आएका विद्यार्र्थीहरु विद्यालय आइसकेपछि रुने चिच्चाउने, काँप्ने र बेहोस भएर ढल्ने गरेपछि अभिभावकहरु समेत अचम्ममा परेका छन।

विद्यार्र्थीहरुमा यस्तो समस्या देखिन थालेपछि अविभावकको सहयोगमा गाउँपालिका स्वास्थ्य शाखाबाट डाक्टरहरु बोलाएर उपचार थालिएको छ तर, औषधिले काम नगरेको अहेब सूर्यबहादुर थापाले बताए।

कक्षा ८, ९ र १० का छात्राहरुमा यो समस्या देखिएको छ थापाले भने। गर्मी अत्यधिक बढेको र अन्य शारीरिक समस्याका कारण पनि यस्तो हुन सक्छ जटिल समस्या भए जिल्ला अस्पतालका लागि तयारी भएको थापाले बताए।

बिरामी परेका छात्राहरु १५ वर्षदेखि माथिका रहेको र कहिलेकाँही महिनावारी गडबड भए पनि यस्तो समस्या देखा पर्न सक्ने थापाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.