सिन्धुली : कमलामाई नगरपालिका–२ सिम्रेडाडाँमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। कमलामाई नगरपालिका-२ सिम्रेडाडाँका सुभलाल स्वाङवाको श्रीमती वर्ष ४५ का जुनकिरी माया स्याङवाको भिरबाट लडेर मृत्यु भएको हो।
आइतबार राति १०ः३० बजेको समयमा अत्यधिक रक्सी सेवन गरेर घरतर्फ जाँदै गर्दा भिरबाट लडेर स्याङवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शव पोष्टम्याटमका लागि जिल्ला अस्पताल सिन्धुली राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।