|

काठमाडौं: मंगलबार सार्वजनिक गर्न थालिएको बजेटमा युवालाई रोजगारी र सबै नेपालीको बिमा कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। यी कार्यक्रमलाई बजेटमा आकर्षक नारासमेत तय गरिएको छ।

स्रोतका अनुसार 'प्रधानमन्त्री रोजगार कार्यक्रम' को स्थपना गरिएको हो। बरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्ने नीति लिएको सरकारले पहिलो चरण तीन महिने रोजगारीको ग्यारेन्टी लिने बताइएको छ।

यो कार्यक्रमअन्तर्गत सरकारको पहलमा बरोजगार युवालाई रोजगारी दिइने छ। यदी त्यसो भनएर तीन महिना कामको ग्यारेन्टी गर्नेछ। तीन महिना पनि काम लगाउन नसकिए।

करिव सयदिन बराबरको तलब सरकारले आफैँले उपलव्ध गराउने नीति ल्याएको छ। 'अर्थ स्रोतका अनुसार यो कार्यक्रमलाई बजेट छुट्टाइसकिएको छ।

त्यस्तै सरकारले सामाजिक सबै नेपालीलाई बिमा कार्यक्रम पनि अघि बढाउने भएको छ। यसको लागि समेत सरकारले बजेट छुटाएको छ। यसअघि सामाजिक सुरक्षा भत्ता लिनेलाई मात्रै पहिलो चरणमा बिमा कार्यक्रम अघि बढाउने तयारी गरि तापनि अन्तत सबै नेपाली बिमा कार्यक्रम अघि बढाइएको हो। सरकारले विपन्न नेपालीको पहिचान गरी उनीहरूको प्रिमिय आफै तिरिदिने अवधारणा पनि अघि सारेको बताइएको छ।

बिमा कार्यक्रमलाई कार्यक्रमको लागि सरकारले केही समय अघिबाटै तयारी गरेको छ। त्यस्तै बजेटमा सेना तथा प्रहरीको कल्याणकारी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषमा रहेको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने गरी योजना ल्याउने थालिएको अर्थका अधिकारीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.