|

डडेल्धुरा :  डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित चारजनाको मृत्यु भएको छ। डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित चारजनाको मृत्यु भएको हो।

जिल्लाको गन्यापधुरा गाउँपालिका-२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा परी  सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल–सिलगढी नगरपालिका–४का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका–२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए।

११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका सात जनामध्ये गम्भीर तीनजनालाई धनगढी रेफर गरिएको छ। अन्य चारजनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेका प्रहरी बताएको छ।

डडेल्धुरामा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु 

डडेल्धुरा जिप दुर्घटनाका मृतकमध्ये तीनजनाको सनाखत 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.