|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ धनेश्वरमा मंगलबार एकजना पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार धनेश्वरस्थित टहरामा बस्दै आएको अन्दाजी वर्ष ३५/३६ को ईश्वर थापा हात र खुट्टा भाँचिएको अवस्थामा टहरा छेउमा नै मृत अवस्थामा फेला परेका हुन्।

‘शवको प्रकृति हेर्दा मारिएजस्तो देखिन्छ’ प्रहरी निरीक्षक शाहले भने, ‘शवलाई पोष्टमार्टमको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल राखिएको छ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.