|

सल्यान : जिल्लामा दुई हप्ताको अवधिमा झन्डै एक हजार हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ। दर्जन बढी सामुदायिक वनमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। आगलानीका कारण साना बोटविरुवा, जडिबुटी, काठ, दाउरा जलेर नष्ट भएका छन् भने जंगली जनावर र चराचुरुङ्गी प्रभावित भएका छन्। 

आगलागीको नियन्त्रण गर्न जिल्ला वन कार्यालय, इलाका वन कार्यालय, प्रहरी, सामुदायिक वन उपभोक्ता र स्थानीय परिचालन गरी केही सामुदायिक वनको डडेलो नियन्त्रणमा ल्याइएको जिल्ला वन कार्यालय सल्यानले जनाएको छ। 

हावाहुरी, लामो समयसम्मको खडेरी, लापरवाही, हरियो घाँस पलाउछ भनेर वनमा आगलागी हुने गरेको जिल्ला वन कार्यालय सल्यानका वन अधिकृत अचल ढुंगानाले बताए। भुईबाट लाग्ने आगलागी भन्दा रुखबाट रुखमा सल्किदै जाने आगोले बढी क्षति गर्ने उनको भनाई रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.