|

काठमाडौं: केही महत्वकांक्षी आयोजनासहित अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको लगि बजेट सार्वजनिक गरेका छन्।  उनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। 

प्रधानमन्त्रीले विशेष चासोको रुपमा दिएको रेलमार्ग तथा जलमार्गको विषयमा अध्ययन गरिने जनाइएको यस बजेटमा प्रधानमन्त्री रोजगारी कार्यक्रमसहित केही नयाँ कार्यक्रम थपिएको छ।

त्यस्तै मदनभण्डारी राजमार्ग निर्माणको लागि समेत बजेट बजेटले विशेष प्राथमकिता दिएको छ। प्रत्येक प्रदेशमा एक जलाशययुक्त आयोजना निर्माण गर्न विषय पनि बजेटको प्राथमकितामा परेको छ। 

 आर्थिक वर्ष २०७५÷७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 
संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिए । 
उहाँका अनुसार आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ रु ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट रु ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा रु चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुने छ । 
बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट रु दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद  एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताइएको छ । 

पढ्नुस् बजेटको पूर्ण पाठ

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.