अर्थ

बजेटबारे विराटनगरका उद्योगीको यस्तो प्रतिक्रिया
SHARES

जेठ १५, २०७५

    विराटनगर : सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेटबारे विराटनगरका उद्योगी व्यवसायीले मिश्रीत प्रतिक्रिया दिएका छन्। बजेटबारे प्रतिक्रिया दिँदै विराटनगरका उद्योगी तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले सरकारको बजेट समग्ररूपमा राम्रो भएको बताए। 

    बजेटमा धेरै कुरा कर छुटको विषय आएको र केही छुट फिर्ता लिएको देखिएको भए पनि उत्पादन र रोजगारी मूलक उद्योगलाई बढावा दिने कुरा महत्त्वपूर्ण भएको बताए। उनले बजेटबारे नीजि क्षेत्रले गरेको आशाअनुसार नै आएको, पर्यटनलाई महत्त्व दिएको, कृषि क्षेत्रलाई प्राथमिकता दिनु, पूर्वपश्चिम रेल, जलयातायातको कुरा महत्त्वपूर्ण भएको बताए। 

    बजेटबारे प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले नीजि क्षेत्रको अपेक्षाअनुसार भने नआएको बताए। पूर्वाधार विकास र कृषिलाई फोकस गरेको भए पनि नीजि क्षेत्रको अपेक्षाअनुसार चाहिँ नभएको बताए। ‘प्रदेश सरकार गठन भएको अवस्थामा प्रदेशमा जुन हिसावले नयाँ विषय आउँछ भन्ने थियो त्यो देखिएन,’ उनले भने। 

    मोरङ व्यापार संघको अध्यक्ष तथा पूर्वसांसदसमेत रहेका पवनकुमार सारडाले सांसदले आफनो निर्वाचन क्षेत्रमा डाइरेक खर्च गर्ने निती कटौति गरेको राम्रो गरेको बताए। ‘विकासको नाममा संसद कोषको रकम आफनो कार्यकर्ता पोस्ने काम हुने गथ्र्यो। अब त्यो नरहन सक्छ,’ उनले भने।

    मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष तथा युवा उद्यमी प्रकाश मुन्दडाले विदेशी लगानीलाई उत्साहित र निकासीजन्य उद्योगलाई अहिले बजेटले समेटिएको बताए। उनले ऊर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिए। विद्युत उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकरणको वातावरण बन्ने र लगानी भित्रने उनको भनाइ छ।

    उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले सरकारले ८३ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रमा बजेट छुटयाएको भन्दै ऊर्जा क्षेत्रमा देखिएको समस्याको समाधान हुने बताए। ‘जोगमनी–किमाथांका सडकलाई विशेष प्राथामिकता दिएको देखियो,’ उनले भने, ‘यस क्षेत्रको विकासको लागि राम्रो आयम हुनेछ।’ 

    कृषी कर्जामा समेत ठूलो रकम विनायोजन गरेकोले कृषकहरुलाईसमेत ठूलो राहत मिलेको उनले बताए। चीनसँग जोड्न प्रशारण लाइन विस्तारको योजना पनि सकारात्मक भएको उनको भनाइ थियो।

    मोरङ व्यापार संघका पूर्वअध्यक्ष एवं उद्योगी महेश जाजुले ऊर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिए। विद्युत् उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकरणको वातावरण बन्ने र लगानी भित्रने उनको भनाइ छ।

    अर्थमन्त्री युवराज खतिवडाले मंगलबार पेस गरेको बजेट भाषण सुनेपछि उद्योगी व्यवसायीहरूले समय सापेक्ष बजेट आएकोले पूर्णरूपमा कार्यन्वयन गर्न जोड दिएका छन्। स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, कृषि, ऊर्जा, स्वास्थ्य, उद्योगलाईसमेत बजेटले समेटिएको भन्दै कार्यन्वयन गर्न जोड दिए। जोगमनी–किमाथांका सडकलाई प्राथमिकता दिने र विराटनगर एयरपोर्टलाई क्षेत्रीयस्तरको बनाउने कुराले यहाँका उद्योगी व्यवसायी उत्साहित बनेका छन्।

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]