|

बारा : सरकारले बाराका स्थानीय तहमा करिब चार अर्ब बजेट विनियोजन गरेको छ। बारामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौवटा गाउँपालिकासहित १६ वटा स्थानीय तह रहेका छन्।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७५र७६ को बजेटमा कलैया उपमहानगरपालिकाले सबैभन्दा बढी अनुदान पाएको छ। कलैयाले ६० करोड़ ६१ लाख पाएको हो। अर्को उपमहानगर जीतपुर सिमरालाई ५६ करोड़ १७ लाख विनियोजन गरिएको छ।

नगरपालिकाहरुमा महागढ़ी नगरपालिका सबैभन्दा बढी अनुदान पाएको छ। महागढ़ी नगरपालिकाले ३१ करोड़ ९८ लाख पाएको छ। त्यस्तै कोल्हवी नगरपालिकालाई २८ करोड़ १ लाख विनियोजन गरिएको छ। स्मार्ट सिटीको घोषित निजगढ नगरपालिकाले २५ करोड़ ३३ लाख पाउने भएको छ। त्यस्तै, सिम्रौनगढ़ नगरपालिकाले २६ करोड़ ६ लाख पाएको छ। बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकाले २० करोड़ ९४ लाख पाएको छ।

गाउँपालिकामा सबैभन्दा बढी करैयामाई गाउँपालिकामा बजेट छुट्याइएको छ। करैयामाईले १७ करोड़ २६ लाख प्राप्त गरेको हो। त्यस्तै, आदर्श कोतवाल गाउँपालिकालाई १५ करोड़ ९७ लाख विनियोजन गरिएको छ भने देवताल गाउँपालिकाले १३ करोड़ ४२ लाख पाएको छ।

त्यस्तै, परवानीपुर गाउँपालिका १३ करोड़ ८६ लाख पाउँदा परसौनी गाउँपालिकाले १६ करोड़ २४ लाख, फेटा गाउँपालिकामा १६ करोड़ ३५ लाख विनियोजन भएको छ। यसैगरी, बारागढ़ी गाउँपालिका १५ करोड़ ९९ लाख, सुवर्ण गाउँपालिकाले १७ करोड़ ४३ लाख र विश्रामपुर गाउँपालिकाले १३ करोड़ ४५ लाख पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.