|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले व्यापक क्षति पु¥याएको छ। मंगलवार राति आएको हावाहुरीले ३०० बढी घरमा क्षति पुर्‍याएको छ। 

काठको कच्चि घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको छ। हावाहुरीले आधा दर्जनभन्दा बढी घरमाथि रुख ढाल्दा घरमा पूर्ण रुपमा क्षति पुगेको छ।

शुक्लाफाँटा–१ का तीनजना स्थानीयको घरमा रुख ढल्दा घर पुरै भत्केर क्षति भएको वडा अध्यक्ष हरिश बिष्टले बताए। ‘गौरा देवी मन्दिरको छाना उडादासमेत क्षति पुगेको छ’, उनले भने।

यसैगरी, शुक्लाफाँटा–२ का ६० बढी घरका छानामा रहेका टायल हावाहुरीले उडाएर क्षति गरेको छ। वडा नं. ३ का ४० भन्दा बढी घर र होमस्टे सञ्चालनका लागि बनाएका दुई घरमा क्षति गरेको वडघर रामप्रसाद चौधरीले बताए। 

वडा नं १२ का सामुदायिक र निजी गरी दुई विद्यालय भवनमा जस्तापाता उडाएको र ७० बढी घरका छानाको टायल उडाएर क्षति पुर्‍याएको छ। टायल नपाउँदा अधिकांस स्थानीय छाना राख्न नपाएर चिन्तित भएका छन्। छाना उडाएका अधिकांस परिवार आर्थिक रुपमा विपन्नसमेत रहेका छन्। 

स्थानीय किसानले लगाएको मुँग, सूर्यमुखि खेती, तरकारी खेती, लिची र आप खेतीमा समेत नोक्सानी गरेको छ। ठाउँ–ठाउँमा हावाहुरीले विद्युतका पोल ढाल्दा विद्युत सेवासमेत गएरातिदेखि अवरुद्ध रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.