|

सल्यान : संचार नहुँदा जिल्लाका स्थानीय तहमा काम प्रभावित हुने गरेको छ। सञ्चार नहुँदा स्थानीय तहसम्बम्धी केन्द्रले जारी गर्ने निर्देशनका साथै दैनिक कामकाज समेत प्रभावित हुने गरेको छ। 

जिल्लाका १० स्थानीय तह मध्ये ३ स्थानीय तहमा विद्युत र इन्टरनेट सेवा पुग्न सकेको छैन  भने  केही स्थानीय तहमा गाउँपालिकाको कार्यालयसम्म मात्र विद्युत पुगेको छ। कालिमाटी गाउँपालिकामा नियमित टेलिफोन सेवासमेत छैन। 

मन्त्रालय, विभाग र अन्य निकायले जारी गर्ने निर्देशन, सूचनाका बारेमा जानकार हुन दैनिक इमेल, इन्टरनेटको सम्पर्कमा रहनु पर्ने भए पनि सञ्चारको पहुँच नहुँदा काम प्रभावित हुने गरेको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए। उनले भने, ‘मन्त्रालय, विभागले जारी गर्ने सूचनाबारे अद्यावधिक रहन दैनिक इमेल इन्टरनेटको सम्पर्कमा रहिरहन मन्त्रालयले निर्देशन दिइरहेको हुन्छ। तर, सञ्चार नहुँदा निर्देशनका बारेमा वेखवर हुनु परि रहेको छ।’ 

अहिले सबै स्थानीय तह योजना तर्जुमा र बजेट निमार्णमा व्यस्त छन्। सञ्चार सम्पर्क नभएका कारण तय गरिएका योजना कार्यक्रम र बजेट मन्त्रालयले तोकेको नीति नियमविपरीत हुन्छ की भन्ने डराउनु पर्ने अवस्था आएको कुमाख गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैशीले बताए। उनले भने, ‘स्थानीय तहको कार्यक्षेत्र र अधिकार सञ्चालन प्रक्रियाबारे केही अन्यौल रहि रहेकै बेला केन्द्रसँग नियमित सम्पर्क नहुँदा समस्या थपिदै गई रहेको छ।’ 

विद्युत र सञ्चार नहुँदा प्रत्येक स्थानीय तहमा एक बैंक पु¥याउने नेपाल सरकारको निर्णय गरे पनि बैंकहरू स्थानीय तहमा आउन आनाकानी गर्ने गरेको उनको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.