|

फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल आउन केही दिन मात्र बाँँकी छ। यसपालिको विश्वकप रसियाका विभिन्न शहरका १२ रंगशालामा खेलाइने भएको छ। 

लुजिन्की रंगशाला 

लुजिन्की रंगशाला रसियाको मक्को शहरमा रहेको छ। यो रंगशालामा उद्घाटन खेल जुन १४ मा आयोजक रुसले साउदी अरेबीयासँग खेल्ने छ भने यही रंगशालामा  फाइनल खेल जुन १५ मा हुने छ। त्यस्तै १७ जुनमा जर्मनी र मेक्सीकोले खेल्दा १८ जुनमा यही रंगशालामा पोर्चुगल र मोरक्को आमनेसामने हुनेछन्। त्यस्तै डेनमार्कले फ्रान्ससँग २६ जुनमा खेल्ने छ। यो रंगशाला १९५६ मा बनेको हो। यहाँ ८० हजार दर्शकले खेल हेर्न सक्छन्। 

सेन्ट पिटर्सवर्ग 

यो रंगशालाको क्षमता ६७ हजार रहेको छ। यहाँ १५ जुनमा इरान र मोरक्कोले खेल्दा १९ जुनमा रसिया र इजिप्ट आमनेसामने हुने छन्। त्यस्तै ब्राजिल र क्रोयसिया र नाइजेरिया र अर्जेन्टिनाले क्रमश २२ जुन र २६ जुनमा खेल्नेछन्। त्यस्तै तेस्रो स्थानका लागि पनि यो रंगशालामा १४ जुलाईमा खेल हुनेछ। 

सोची 

यो रंगशाला सन् २०१३ मा बनेको हो। यहाँ ४८ हजार दर्शक अट्छन्। यो रंगशालामा १५ जुनमा पोर्चुगल र स्पेनले पहिलो खेल खेल्नेछन्। १८ जुनमा बेल्जियम र पनामाले खेल्दा जर्मनी र स्वीडेनले २३ जुनमा खेल्नेछन्। २६ जुनमा अस्ट्रेलिया र पेरु भिड्नेछन्। यही रंगशालामा ३० जुनमा अन्तिम १६ को एक खेल पनि हुनेछ भने ७ जुलाईमा क्वार्टरफाइनलको अर्को खेल हुने छ। 

एकातेरिन्बर्ग

यो रंगशाला रसियाको पुरानो रंगशालामध्ये पर्दछ यसको स्थापना १९५७ मा भएको हो भने यसको दर्शक क्षमता ४५ हजार रहेको छ। यो रंगशालामा १५ जुनमा इजिप्ट र उरुग्वे तथा फ्रान्स र पेरु २१ जुनमा भिड्दा जापान र सेनेगल २४ जुनमा भेट हुनेछन्। २७ जुनमा मेक्सिकोले स्वीडेनसँग खेल्ने छ। 

कजान 

यो रंगशाला २०१३ मा निर्माण भएको हो। यसमा ४५ हजार दर्शकले खेल हेर्न सक्नेछन्।  यो रंशगालामा १६ जुनमा फ्रान्सले अस्ट्रेलियासँग खेल्दा २० जुनमा इरान र स्पेन भिड्नेछन् भने २४ जुनमा पोल्याण्डले कोलम्बियाको सामना गर्नेछ। २७ जुनमा कोरिया र जर्मनी आमनेसामने हुनेछन्। यही रंगशालामा ३० जुनमा अन्तिम १६ को एक खेल हुनेछ। ६ जुलाईमा क्वार्टरफाइनल पनि हुनेछ। 

निज्नी नोभगोर्ड रंगशाला 

यसै वर्ष स्थापना भएको यो रंगशालामा ४५ हजार दर्शकले एकैपटक खेल हेर्न पाउने सुविधा छ।  यहाँ १८ जुलाईमा स्वीडेन र दक्षिण कोरिया, २१ जुनमा अर्जेन्टिना र क्रोएसिया तथा २४ जुनमा बेलायत र पानामा र २७ जुनमा  स्विट्जरल्याण्डर कोस्टारिकाले खेल्नेछन्।  त्यस्तै अन्तिम १६ को एक खेल र अन्तिम आठको एक खेल क्रमश: जुलाई १ र ६ मा हुनेछ। 

रोस्तोभ अन डन 

यो रंगशाला पनि विश्वकपलाई लक्षित गरेर बनाइएको हो। यसको क्षमता ४५ हजारकै रहेको छ भने यहाँ १७ जुलाईमा ब्राजिल र स्वीट्जरल्याड, २० जुलाईमा उरुग्वे र साउदी अरेबिया, २३ जुलाईमा दक्षिण कोरिया र मेक्सिको तथा २६ जुनमा आइसल्याण्ड र क्रोएसिया यही मैदानमा आमनेसामने हुनेछन्। त्यस्तै २ जुलाईमा अन्तिम १६ को एक खेल पनि यो मैदानमा हुनेछ।

समारा 

यो रंगशाला पनि विश्वकपलाई लक्ष्य गरेरै बनाएको हो। यसको क्षमता ४५ हजार दर्शक अट्ने छ।यो मैदानमा १७ जुनमा कोस्टारिका र सर्विया, २१ जुनमा डेनमार्क र अस्ट्रेलिया २५ जुनमा उरुग्वे र रसिया ताथा २८ जुनमा सेनेगल र कोलम्बियाले ग्रुप लिग खेल्ने छन्। अन्तिम १६ को एक खेर र क्वार्टरफाइनलको एक खेल पनि यही मैदानमा हुनेछ। 

सरनास्क 

यो रंगशाला पनि नयाँ नै हो। यहाँ ४५ हजार दर्शकले खेल हेर्न सक्छन्।  पेरु र डेनमार्क, कोलम्बिया र जापान तथा इरान र पोर्चुगलले क्रमश: १६, १९ र २५ जुनमा भिड्दा २८ जुनमा पानामा र ट्युनिसिया पनि यही मैदानमा भेट्नेछन्। 

भोल्गोगार्ड 

विश्वकपका लागि बनाइएको यो रंगशाला सन् २०१८ मा नै खुला भएको हो। यसको क्षमता ४५ हजार रहेको छ।  यो रंगशालामा ट्युनिसिया र इंग्ल्याण्ड १८ जुनमा  तथा नाइजेरिया र आइसल्याण्ड २२ जुनमा भिड्नेछन्। साउदी अरब र इजिप्ट २५ जुनमा भेट हुँदा जापान र पोल्याण्ड २८ जुनमा खेल्नेछन्।

मस्को 

मस्को रंगशालाको स्थापना २०१४ मा भएको हो भने यहाँ ४२ हजार दर्शक अट्छन्। यो रंगशालामा अर्जेन्टिना र आइसल्याण्ड, पोल्याण्ड र सेनेगलले क्रमश: १६ र १९ जुनमा भिड्दा २३ र २६ जुनमा क्रमश: बेल्जियम र ट्युनिसिया तथा सर्बिया तथा ब्राजिल भिड्नेछन्। त्यस्तै अन्तिम १६ को एक खेल पनि यही मैदानमा ३ जुलाईमा हुनेछ। 

कालिनिगार्ड 

यो रंगशालाको क्षमता ३५ हजार २१२ छ। विश्वकपलाई लक्ष्य गरी यो रंगशाला बनाइएको हो र यसको औपचारिक उद्घाटन सन् २०१८ मा भएको हो। यो मैदानमा १६ जुनमा क्रोयसिया र नाइजेरिया, २२ जुनमा सर्बिया र स्वीट्जरल्यान्ड, २५ जुनमा स्पेन र मोरक्को तथा २८ जुनमा इंग्ल्याण्ड र बेल्जियम भिड्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.