|

धुलाम्या भएको छैन, मेरो सहि र छाप ।
धुलाम्या भएको छैन ईतिहासको अभिलेख ।।

म पौँडि रहेकै थिए । 
डर लाग्दा भंगालोमा ।।
निर्मम जीवनको संगाले ।
हो तिमीले भुल्यौ भने ।।
मैले भन्नु नै के छ र ?
हो मैले भुल्ने छैन् ।
सुन्दर गनतव्यको अग्नी यात्रा पनि ।
कदाचित छाड्ने छैन् ।।
तिमी छोड्छौ भने ।
मैले भन्नु केही छैन् 
म समुन्द्रको गहिराईलाई नाँपी रहेकै छु ।
तिमी किनारमै रहन्छौ भने रहीरहुँ ।
तिम्रो कार्यरताको परिस्थिती ।
म कदापी जोख्ने छैन ।।
तिम्रो निरास त्रास खोल्ने छैन् ।
भुमरी त यात्राको नियती हो ।
त्यसलाई झेल्नु त दिन चर्या हो ।
हो कहिले काँही उथलपुथल हुन्छ नै 
दाँया र बाँया लाईन लाग्दै ।
गनतव्यको दुरतालाई निकट्याउनु पर्छ 
वीरता र मुर्खता पनि होईन , 
विबेक पुर्ण कैशल हो ।
सिर्जनालाई छोई, छिटो मान्ने हो भने । 
अदिभुतबादको रंग भित्र पनि ,
क्रान्तिकारी जंग कहाँ हुन्छ र ? 
भावना , कल्पना र आर्दशमा 
यात्रा अगाडी कहाँ वढ्छ र ?
त्यो त विचार , सिद्धान्त र विरताको बाटो हुँदै 
निर्मताको भेलबाटै अगाडि वढ्छ ।
 घुम्ती र हजारौ मोडहरु ,काटेर मात्र 
सपनाको सुन्दर संसार भेटिन्छ ।
तिमी , कोथरिने र चिथोरिने डरमा 
दृष्टिकोण , विचार र सिद्धान्तहरु 
हुवहु धर्म ग्रन्थ मान्छौ भने 
तिमी जस्तो सुन्यतामा हराउन म सक्दिन ।
चोखो हुँने चाहनामा 
क्रान्तिकारी छिटो हालेर बस
मेरो भन्नु केही छैन ।
तर तिमी जस्तै खोक्रो आर्दशमा एक्लिएर ।
म कदाचित वस्न सक्दिन ।
मेरो सार अगाडि वढ्नु हो ।
तिम्रो सार यथास्थीमा दृढ देख्नु हो ।।
म तिमीले गरेको आत्म सन्तुष्टिको 
सुन्यतामा हराउनै सक्दिन ।
मिल्नुलाई गल्नु भन्छौ भने 
नमिभनु , नवदित त खास सडक हो ।
मिल्नु र अगाडि वढ्नु , बिजयको सुनिश्चित आधार हो ।
लक्ष्य प्राप्तिको निर्माण , एकता वद्ध हुनु ,मेरो दृढ संलल्प हो ।

लेखक : सत्य पहाडी ( पुर्व शान्ति मन्त्री , सांसद तथा साहित्यकार )
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.