|

दाङ : दाङको गढवा गाउँपालिका – ३ सुपैलामा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ। मंगलवार राति आगलागी हुँदा ४५ वर्षीया लक्ष्मी रावतको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। आगलागीमा परी पाँच घर र तीन गोठ जलेर नष्ट भएको छन्। करिब १५ लाख बराबरको क्षति भएको छ। 

त्यस्तै, ट्रयाक्टर दुर्घटनामा परी बबई गाउपालिकामा एक जनाको मृत्यु भएको छ। बबई गाउपालिका–२ का १३ वर्षीय राज डागी को मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। 

मंगलबार बबई गाउपालिकाको वडा न. ७ मा रा १ प २०३८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो। ट्याक्टर चालक र ट्याक्टरलाई  नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.