|

दाङ : शान्तिनगर गाउँपालिकामा शानिबारदेखि फैलिएको झाडापखाला बुधबारदेखि नियन्त्रणमा आएको छ। बुधबार २१ जना मात्रै बिरामी आएको र त्यसपछि बिरामी आउने क्रम रोकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए।

बिरामी घटेर सामान्य स्थिती भएपछि बुधवार दिउँसोदेखि स्वास्थ्य शिविर हटाइएको पुनले बताए। गाउँपालिकाका वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाबाट शनिबारदेखि बुधवारसम्म एक हजार ६५६ बिरामी भएको भएका थिए। माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदूषण भएपछि झाडापखाला फैलिएको थियो। पानी परिक्षणका क्रममा कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो।

पानी प्रदूषित भएपछि आइतबारदेखि धाराको पानी प्रयोगमा रोक लगाइएको थियो। धाराको पानी बन्द गरी तुलसीपुरबाट ट्यांकरमार्फत बोरिङको पानी वितरण गरिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए। उनका अनुसार धेरै मेहनत र उच्च सतर्कता अपनाएकै कारण झाडापखाला नियन्त्रणमा आएको बताए।

मुहान र पाइपलाइन शुद्धिकरण गरी बुधबारदेखि फेरि धारामा पानी वितरण गरिएको छ। पानीमा क्लोरिनको मात्रा कम भएकाले बढाउने काम भैइरहेको अध्यक्ष डाँगीले बताए। स्वास्थ्य विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाको एक प्राविधिक स्वास्थ्य टोली आएर पानीको थप परीक्षणका लागि नमूना लिएको छ।

प्रयोगशाला विशेषज्ञ धनप्रसाद पौडेलको नेतृत्वमा आएको तीन जनाको टोलीले दुई जना बिरामीमा स्क्रब टाइफसको शंका लागेपछि परिक्षणका लागि नमूना लिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए ।

त्यस्तै प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले महामारी प्रभाबित क्षेत्रको अबलोकन गरेका छन् । खानेपानी दुषित भएकै कारण झाडापखालाको महामारी फैलिएको भन्दै सांसद केसीले पानीको मुहानमा पुगेर अबलोकन गरेका हुन् । पानीको मुहान अबलोकनका क्रममा खोलामा बगेको पानी पिउदा महामारी फैलिएको भन्दै पिइरहेको भन्दै उक्त पानी सुद्धिकरण गर्नका लागि मुहानमा फिल्टर गर्ने प्रबिधि जडान गर्न पहल थाल्ने बताए । ‘खानेपानी दुषित भएकै कारण महामारी फैलिएको प्रतिबेदन सार्बजनीक भएको छ’ उनले भने ‘त्यसैले यहाँका बासिन्दालाई स्वच्छ खानेपानीका लागि पानी सुद्धिकरण गर्न पहल थाल्ने छु।’

आफ्नो निर्वाचित भएको क्षेत्रमा करिब १६ सय बढि बिरामी प्रभावित हुने गरि भएको महामारीले आफु दुःखी भएको भन्दै अब आउदा दिनमा यस्तो महामारी हुन नदिन सजकता अपनाउने उनको भनाई थियो।  यो महामारीबाट पाठ सिकेर अब सबै क्षेत्रमा सजकता अपनाउनु पर्ने अबस्था रहेको उनले बताए।

आर्थिक बर्ष २०७५/०७६ को बजेटमा दाङका योजनाहरुलाई समेट्नु पर्ने भएकाले महामारी फैलिएको समयमा सहभागि हुन नपाएपनि केन्द्रबाट बिरामीको निःशुल्क स्वास्थ्य उपचारका लागि पहल थालेको समेत उनको भनाई थियो। उनले आफू काठमडौं भए पनि महामारी क्षेत्रको नियमित अपडेट रहेको समेत बताए। उनले महामारी नियणत्रण गर्न प्रधानमन्त्री केपी शर्मा वलीसहित संसदमा समेत लिखित जानकारी गराएको बताए। सांसद केसी सहित शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीलगायतको टोलीले खानेपानीको अनुगमन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.