|

काठमाडौं : त्रिभुवन विमानस्थलबाट माघ ९ गते भित्र्याएर पनि सम्बन्धित ब्यक्ति सम्म नपुगि गायब भएको साढे ३३ किलो सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा फरार रहेका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री लगायत तीन जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत वारेन्ट जारी गरिएको छ।

उनीविरुद्ध नेपाल प्रहरीको सिफारिसमा डिफ्युजन नोटिस जारी भएको प्रहरीको इन्टरपोल शाखा स्रोतले जनाएको छ।  खत्रीसहित सुन तस्करीका मालिक भनिएर चिनिएका मोहनकुमार अग्रवाल र चुडामणी उप्रेती ‘गोरे’का भाई रमेश उप्रेती पनि रहेका छन्। अब उनीहरुलाई इन्टरपोलमा सदस्य रहेका १९२ देशका प्रहरीको खोजिमा रहने छन्।

यही मुद्धमा पक्राउ परेका ६ प्रहरी अधिकृतसहित २९ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गर्न सरकारले चैत ३० मा संगठित अपराध निवारण ऐन २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो। समितिले यसबारे अनुसन्धान जारी राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.