|

सोलुखुम्बु : सरकारले सोलुखुम्बुको स्थानीय तहको नाममा विनियोजन गरेको बजेटमा एक स्थानीय तहको नाम छैन। जिल्लाको माप्य दूधकाेशिका गाउँपालिकाको नाम छुटेको छ भने दूधकाैशिकाको नाम परिवर्तन भएर थुलुङ दूधकोशी भएपनि सरकारले विनियोजन गरेको रकमको सूचीमा  उक्त दुवै नाममा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७५/७६ का लागि सोलुखुम्बुको एक नगरपालिकासहित सात स्थानीय तहलाई एक अर्ब ६१ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको छ। जसमध्ये थुलुङ दूधकोशी गाउँपालिकालाई वित्तीय समानीकरण १२ करोड ८९ लाख र ससर्त अनुदान नाै करोड ३६ लाख गरी जम्मा २२ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। यस्तै दूधकाैशिका गाउँपालिकाको नाममा वित्तीय समानिकरण नाै करोड ६८ लाख ससर्त अनुदान १५ करोड १३ लाख गरी जम्मा २४ करोड ८१ लाख रुपैयाँ विनियोजन भएको छ। 

तत्कालीन दूधकोशी गाउँपालिकाको नाम परिवर्तन भएर माप्य दूधकोशी भए पनि उक्त नाममा बजेट विनियोजन भएको छैन। तत्कालीन दूधकाैशिका गाउँपलिकाको नाम परिवर्तन भएर थुलुङ दूधकोशी कायम भएको छ। थुलुङ दूधकोशीको नाममा भने बजेट विनियोजन गरिएको छ। यसरी हेर्दा दूधकाैशिका नामको बजेट माप्य दूधकोशीको हुनसक्ने अनुमान गरिएको भए पनि ससर्त अनुदानमा वस्तुतस्थितिभन्दा फरक रहेको माप्य दूधकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृ अबिलाल राईले बताए।

१३ हजार ४१४ जनसंख्यासहित छ वटा वडा भएको माप्य दूधकोशीमा ससर्त अनुदान रु.१५ करोड १३ लाख बिनियोजन हुनु र १९ हजार ७०० भन्दा बढी जनसंख्यासहित नाै वटा वडा भएको थुलुङ दूधकोशीमा ससर्त अनुदान द्दाै करोड ३६ लाख उल्लेख गरिनु त्रुटिपुर्ण भएको गाउँपालिका अध्यक्ष असीम राईले बताए। मन्त्रालयले कमजोरी गर्दा स्थानीय तहले दु:ख पाउने काम भएको उनको भनाइ छ। 

यता अर्थमन्त्रालयले समेत बजेटसहित स्थानीय तहको नाममा कमजोरी भएको स्वीकार गरेको छ। मन्त्रालयका शाखा अधिकृत चन्द्र दाहालकाअनुसार नाम सच्चाउने काम भएको भन्दै अनुदानमा भएको व्यहोरा परिवर्तनका लागि सम्बन्धित स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा निवेदन पेश गर्न सकिने बताए। वित्तीय आयोगबाट आफुहरुलाई सिफारिस भएमा अनुदानमा तलमाथि भएको भए सच्चाउन सकिने अधिकृत दाहालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.